साँफे–मार्तडी सडक अवरुद्ध, सवारी साधान ठप्प
gorkhapatraonline.com · Sun Sep 06 05:09:15 GMT 2026

बाजुराको साँफे–मार्तडी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हिजो राति परेको अविरल वर्षातका कारण सडकको माथिदेखि पहिरो गएपछि सो सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
साँफे –मार्तडी सडक खण्डअन्तर्गत पर्ने राप्का सेलाघाट, सुवाखाँद पावरहाउस र कारागार मुनीको सडकको बिच–बिचमा ठुलो पहिरो गएपछि अहिले जिल्लामा आउने सबै सवारी साधान तिपाडा जडाङ्गामा राप्का लगायतका विभिन्न ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)