एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य
nepallive.com · Sun Sep 06 05:06:00 GMT 2026
काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले नेपाललाई १ सय ९१ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगितामा साउदीले टस जितेर ब्याटिङ गर्दै ४९ दशमलव २ ओभरमा अलआउट हुँदै १९० रन बनायो ।
साउदीका लागि आजको खेलमा साउदी अरेबियाबाट ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)