चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको आशंका
baahrakhari.com · Sun Sep 06 05:09:24 GMT 2026

काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको आशंका गरिएको छ । उनीहरूको उद्धारका निम्ति प्रमुख कार्यकारी निर्देशक (सीईओ) बाबुराजा महर्जनसहितको टोली खटिएको नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए ।
“हामीले समन्वय मात्र गर्ने हो, बाँकी कम्पनी (चिलिमे जलविद्युत् आयोजना)को टोली लागिपरेको छ,” उनले बाह्रखरीसित भने, “कन्ट्रोल रुममा ६ जना फसेको भन्ने अनुमान छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)