नेपाल आमालाई पत्र
ratopati.com · Fri Aug 28 05:23:46 GMT 2026

आमा ,उत्तरतर्फका हिमताल र हिमपहिरो फुटेर अचानक आएको विनाशकारी बाढी–पहिरोले तिम्रो छातीमा जुन गहिरो चोट पुर्याएको छ, त्यसले हाम्रा छाती पनि क्षत–विक्षत भएका छन्। तिम्रा प्यारा सन्तानहरूले अकालमै ज्यान गुमाउनुपर्दा, विकासका भौतिक पूर्वाधारहरू ध्वस्त हुँदा, वर्षौँको पसिनाबाट ठडिएका घर–आँगन र खेतबारी क्षणभरमै बाढीले बगाएर लैजाँदा सिङ्गो देश स्तब्ध र मर्माहत बनेको छ।
यस अकल्पनीय विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना प्रियजन गुमाएर शोकको गहिरो अन्धकारमा डुबेका सम्पूर्ण परिवारजनमा हृदयदेखि नै हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, बाढी र पहिरोको चपेटामा परी घाइते हुनुभएका सम्पूर्ण सन्तानहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)