रसुवाको जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार जारी (तस्विरहरु)
aarthiknews.com

काठमाडौं । रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि तीव्र रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ । जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार गरेको जनाएको छ । सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने यकिन विवरण प्राप्त नभएको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
अप्ठ्यारो र जोखिमपूर्ण अवस्थामा पनि सेनाले प्राविधिक उपकरणसहित विशेष तालिमप्राप्त टोली परिचालन गरी सुरुङभित्र रहेका सम्भावित व्यक्तिहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति र स्रोत–साधन परिचालन गरिएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)