सुरुङभित्रबाट मानिसलाई ज्युँदै निकालियो भन्ने खबर हावासरी फैलिन थालेपछि त्यसको खबर नुवाकोटको किस्पाङ
barnanmedia.com · Sun Sep 06 05:49:01 GMT 2026

गाउँपालिका–५ की ७० वर्षीया सुकुमाया तामाङको कानमा पनि पुग्यो। १० दिनदेखि सुरुङमा फसेका आफ्ना मान्छे भेटिने आशामा रहेकी सुकुमाया खबर सुन्नेबित्तिकै दुई जना नाति च्यापेर सिम्लेबेसी झरिन्। उमेरले ७० वर्ष पुगे पनि मनमा पलाएको आशाले उनलाई रोक्न सकेन। सुरुङभित्रबाट जीवित मानिस बाहिर निस्किएको खबरले उनका आँखामा फेरि आशा जागेको छ—सायद आफ्ना प्रियजन पनि सकुशल बाहिर निस्किएर भेटिनेछन् भन्ने भरोसामा उनी सुरुङतर्फ आँखा लगाएर बसिरहेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)