हजुरबुवा र नातिनीको कथा ‘लौरो’
gorkhapatraonline.com · Sun Sep 06 05:58:50 GMT 2026

सातदोबाटोस्थित ललितपुर–१५ मा रहेको ब्राइट फ्युचर माध्यमिक विद्यालयले विद्यार्थीको प्रतिभा र सिर्जनशीलतालाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ नाटक ‘लौरो’ मञ्चन गर्ने भएको छ । उक्त विद्यालयका विधार्थीहरु अभिनित नाटक हजुरबुवा र नातिनीको सम्बन्धको कथा हो ।
नाटकले देशको वर्तमान अवस्थालाई दर्शाउनुका साथै युवाहरु विदेश पलायन हुदै गईरहेको अवस्था र गाउँमा युवाहरु रित्तिदै गएको कुरालाई उजागर गर्छ । नाटकमा गाउँमा युवाहरूको अभाव, बुढा बुवा आमाको एक्लोपन, पारिवारिक दुरी देखाईएको छ । संरक्षण मिश्र, रिमुन दाहाल, सुशना सञ्जेल, अग्रता अधिकारी, आरोग्य श्रेष्ठ, अभिमान श्रेष्ठ, अभिमन्यु भट्ट, लगाएतको अभिनय रहेको नाटकको मञ्च व्यवस्थापन प्रसिज घिमिरेले, प्रप्स व्यवस्थापन रेश्मी राईले, प्रकाश परिकल्पना प्रकाश दाहालले गर्नुभएको छ । रुविन सुनार सहायक निर्देशकको रुपमा देखिनुभएको नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गर्नुभएको हो । बुवा आमाको भावनालाई अभिव्यक्त गर्न माध्यम नाटक लौरो भएको निर्देशक अवस्थीले बताउनुभयो । नाटक मेरो परिवार मात्रै नभएर धेरैको पारिवारिक कथा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)