इन्डोनेसियामा ज्वालामुखी विस्फोट: जकार्ता विमानस्थलका सयौं उडान प्रभावित
annapurnapost.com · Sun Sep 06 06:01:46 GMT 2026

जकार्ता : इन्डोनेसियाको चर्चित माउन्ट अनाक क्राकाटाउ ज्वालामुखीमा गएको शक्तिशाली विस्फोटका कारण राजधानी जकार्तास्थित देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा केही घण्टाका लागि पूर्णरूपमा स्थगित भएको छ। ज्वालामुखीबाट निस्किएको बाक्लो खरानीको बादल आकाशमा फैलिएपछि उत्पन्न गम्भीर सुरक्षा जोखिमका कारण यो आपतकालीन कदम चालिएको हो।
यस विस्फोटबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी उडान प्रभावित भएका छन्। इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार ज्वालामुखीबाट निस्किएको खरानीको बाक्लो बादल विमानस्थल आसपासको आकाशमा फैलिएएपछि सुरक्षा सतर्कता अपनाउँदै जकार्ताको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)