अर्को लोकप्रिय र दीर्घकालीन कदम: बाढी-पहिरोको वितण्डाबीच जोखिमयुक्त बस्ती सार्न नयाँ कानुन ल्याइँदै !
barnanmedia.com · Sun Sep 06 05:54:50 GMT 2026

काठमाडौँ । देश यतिबेला प्राकृतिक विपत्ति र बाढी-पहिरोको भयानक पीडाबाट गुज्रिरहेको छ। नदी किनार र भिरालो भूगोलमा रहेका बस्तीहरू बाढीको लेदो र पहिरोले सोहोरेर ठूलो मानवीय तथा भौतिक क्षति पुर्याइरहेका बेला सरकारले एउटा दूरगामी र लोकप्रिय कदम अघि बढाएको छ। विपद्बाट नागरिकको ज्यान जोगाउन सरकारले नदी किनार, तालतलैया तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी नयाँ कानुन निर्माण प्रक्रिया सुरु गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक' तयार पारी सर्वसाधारणको राय-सुझावका लागि सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)