'नेपाल एक्लो छैन, इयु तपाईंसँगै छ': युरोपेली युनियनद्वारा ८२ टन राहत सामग्रीसहित विमान आइपुग्यो नेपाल!
barnanmedia.com · Sun Sep 06 05:52:35 GMT 2026

दशकौँपछिको विनाशकारी बाढी र पहिरोको सामना गरिरहेको नेपाललाई सहयोग गर्न युरोपेली युनियन (EU) अघि सरेको छ। इयुको मानवीय सहायता हवाई उडान (Humanitarian Air Bridge) मार्फत ८२ टन अत्यावश्यक राहत सामग्री बोकेको विशेष विमान काठमाडौँ अवतरण गरेको छ।
युनिसेफ (UNICEF) सँगको सहकार्यमा ल्याइएको यस राहत सामग्रीमा स्वास्थ्य सेवाका उपकरण, स्वच्छ खानेपानी, सरसफाइका सामान र शैक्षिक सामग्रीहरू रहेका छन्। यस ठूलो सहायताबाट बाढी तथा पहिरोबाट प्रभावित ४ लाख २० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)