थेराङ खोला र बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति
nagariknews.nagariknetwork.com · Sun Sep 06 05:52:40 GMT 2026

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा थेराङ (नाम्रुङ) खोला र बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ। बाढीले चारवटा घरसमेत बगाएपछि स्थानीयवासी समस्यामा परेका छन्।
चुमनुब्री गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा पर्ने थेराङ खोलामा वर्षापछि पहिरोसहित आएको बाढीले वडा नं ४ का चारवटा घर बगाएको हो। बाढीले मनास्लु पदमार्गमा पर्ने दुईवटा पुलसमेत बगाएको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)