हामी भविष्यका कर्णधार
gorkhapatraonline.com · Sun Sep 06 06:09:22 GMT 2026

मोबाइल खोलेर युट्युबमा वादविवाद प्रतियोगिताका बारेमा हेर्दै थिएँ । एक जना दादाले ‘बालबालिका भनेका भविष्यका कर्णधार हुन्’ भन्दै भाषण गरेको सुनेँ । अनि बाबालाई सोधेँ, “कर्णधार भनेको के हो ?” बाबाले ‘भविष्यमा देशको नेतृत्व गर्न सक्ने, देशलाई राम्रो बनाउने आजका बालबालिका भोलिका कर्णधार हुन्’ भन्नुभयो । अनि मलाई थाहा भयो हामी को रहेछौँ भनेर । आजका हामी बालबालिका त भविष्यको देशको ठुलो सम्पत्ति पो रहेछौँ ।
बालबालिका आजका मात्र होइनन्, भोलिका जिम्मेवार नागरिक पनि हुन् । उनीहरूको खुसी, स्वास्थ्य, पढाइ, खेलकुद र हरेक अधिकार सुरक्षित हुनु पर्छ । शिक्षक र अभिभावकले हामीलाई प्रोत्साहन गर्नुहुन्छ । बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा र समान अवसर दिनु नै सबैभन्दा ठुलो उपहार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)