होर्मुजबाट निस्किए ६० लाख ब्यारेल तेल बोकेका सुपर ट्याङ्कर
ratopati.com · Thu May 21 11:55:51 GMT 2026

तेहरान । स्ट्रेट अफ होर्मुज हुँदै पश्चिम एसियाबाट एसियाली बजारतर्फ कच्चा तेल ढुवानी गर्ने गतिविधि फेरि सुरु भएको सङ्केत देखिएको छ । दुई महिनाभन्दा बढी समय खाडी क्षेत्रमा रोकिएका तीन वटा विशाल सुपर ट्याङ्कर बुधबार स्ट्रेट अफ होर्मुज पार गर्दै बाहिर निस्किएका छन् ।
यी जहाजहरूमा करिब ६० लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले देखाएको छ । यसैबिच अर्को एउटा सुपर ट्याङ्कर खाडी क्षेत्रमा प्रवेश गरिरहेको बताइएको छ । यी जहाजहरू इरानले निर्देशन दिएको विशेष ट्रान्जिट मार्ग प्रयोग गर्दै स्ट्रेट पार गरिरहेका केही सीमित जहाजमध्ये पर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)