संसद् बैठकमा विपक्षी दलको नाराबाजी
gorkhapatraonline.com · Thu May 21 11:50:02 GMT 2026

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांगेससहितका विपक्षी दलले संसद् अवरुद्ध गरेका छन् ।
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नोत्तरमा सहभागी गराउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदले रोस्टम घेराउ गरेपछि सदनको कारबाही प्रभावित भएको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरू नेपाली कांगेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)