हुन सकेन सर्पदंशविरुद्धको औषधी उत्पादन
gorkhapatraonline.com · Fri Aug 28 05:27:27 GMT 2026

सुनसरीको वराहक्षेत्र नगरपालिका–७, बेलाहामा रहेको ‘एन्टिस्नेक भेनम’ उत्पादन उद्योगले तीन वर्षदेखि बैङ्कबाट ऋण प्राप्त गर्न नसक्दा सर्पदंशविरुद्धको औषधी उत्पादन सुरु गर्न सकेको छैन । नेपालमै निजी क्षेत्रको लगानीमा स्थापना भएको उद्योगले आवश्यक मेसिनरी जडान तथा आन्तरिक संरचना निर्माणका लागि करिब २० करोड रुपियाँ लगानी आवश्यक पर्ने भए पनि बैङ्कबाट ऋण नपाउँदा उत्पादनको काम अघि बढ्न नसकेको हो ।
उद्योगका सञ्चालक तथा अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलका अनुसार उद्योग सञ्चालनका लागि सरकारले वित्तीय सहुलियत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा बैङ्कबाट ऋण प्राप्त हुन सकेको छैन । उहाँले भन्नुभयो, “राज्यले वित्तीय सहुलियत र ऋणका लागि सहजीकरण गर्ने व्यवस्था गरेको छ । त्यसैका आधारमा हामीले बैङ्किङ प्रक्रियामा गए पनि अहिलेसम्म ऋण पाउन सकेका छैनौँ । ऋण नपाएपछि मेसिन ल्याएर जडान गर्ने र औषधी उत्पादन सुरु गर्ने काम रोकिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)