सम्पत्ति विवरण नबुझाउने पूर्वन्यायाधीशहरूको निर्णय, आयोगको अधिकारक्षेत्रमाथि उठाए प्रश्न
ajakoartha.com · Thu Jun 04 06:24:00 GMT 2026

काठमाडौं– पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्। आयोगले माग गरेको सम्पत्ति विवरण र त्यससम्बन्धी जाँचबुझ प्रक्रिया संविधान तथा प्रचलित कानुनअनुकूल नरहेको निष्कर्षसहित उनीहरूले यस्तो निर्णय गरेका हुन्।
आयोगको पत्रपछि उत्पन्न अन्योलबारे साझा धारणा बनाउन पूर्वन्यायाधीशहरूबीच विभिन्न चरणमा छलफल गरिएको थियो। गत जेठ १७ गते आयोजित छलफलमा पूर्वप्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, रामकुमार प्रसाद शाह, गोपाल पराजुली लगायत सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरू तथा कानुनविद्हरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)