बि एण्ड बि टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गर्याे
ajakoartha.com · Sun Jun 14 07:27:00 GMT 2026

काठमाडौं- बि एण्ड बि टेक ग्रुपले शनिबार काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजित विशेष समारोहबीच आफ्ना नयाँ व्यावसायिक उद्यमहरूको औपचारिक शुभारम्भ गर्दै ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ ।
सन् २०१८ मा विद्यालयकालीन साथीहरू डा. विकाश लाम्साल र इन्जिनियर विमलकुमार केसीद्वारा स्थापना गरिएको बि एण्ड बि टेकले निरन्तर विस्तार र विकासको यात्रामा अघि बढ्दै सन् २०२२ मा ‘बि एण्ड बि टेक ग्रुप’को रूपमा पुनःब्रान्डिङ गरेको थियो । प्रविधि अनुसन्धान तथा विकासका क्षेत्रमा सक्रिय कम्पनीले जापानका प्रतिष्ठित संस्थाहरू तथा कम्पनीहरू जस्तै काजिमा कर्पोरेशन, एनएआइटी कर्पोरेशन तथा आइबिएमसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)