लेदोले बनेको ताल फुट्ने जोखिम : तिब्बततर्फ उद्धार कार्य स्थगित
baahrakhari.com · Fri Aug 28 05:30:35 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा बनेको नयाँ ताल फुटेर थप विनाशकारी बाढी आउन सक्ने उच्च जोखिमका कारण चीनले आफ्नो भूभागतर्फको खोज तथा उद्धार कार्य तत्कालका निम्ति स्थगन गरेको बीबीसी ले जनाएको छ ।
केरुङ नाकाभन्दा माथिल्लो तटीय क्षेत्रमा लगातारको भीषण वर्षापछि पहिरो र लेदोले नदी थुप्रिएर बनेको तालमा पानीको सतह तीव्र रूपमा बढिरहेकाले चिनियाँ अधिकारीहरूले निगरानी बढाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)