उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज ‘काङ कोन’ को ‘परीक्षण’, आफ्ना नौसेनाहरूलाई नेता किमले दिए यस्तो वचन
arthadabali.com · Sun Jul 05 17:19:24 GMT 2026

उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएको छ । नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गरेको जानकारी राज्य सञ्चालित केसिएनएले आइतबार रिपोर्ट गरेको हो ।
यो नौसेना जहाज गत वर्ष उद्घाटन समारोहका क्रममा पल्टिएपछि पछि मर्मत गरिएको थियो । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले जनाएअनुसार, परीक्षण शुक्रबार भएको हो। यो परीक्षण अर्को पाँच हजार टनको टनको विध्वंसक जहाज ‘चोए ह्योन’ सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)