भिरबाट लडेर प्यूठानमा युवतीको मृत्यु
annapurnapost.com · Sun Jun 14 07:34:38 GMT 2026

प्यूठान : प्यूठानमा भिरबाट लडेर एक युवतीको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–५ गावै माझटोलकी २१ बर्षीया दुर्गा गिरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
भिरविसौना नजिकै अँधेरीखोलामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बाहानेबाट महेश थापाले जानकारी दिएका छन् । गिरीको तीन बर्षीय छोरा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)