संसद् भवन परिसरमा जेन्जी पार्कको शिलान्यास
annapurnapost.com · Sun Sep 06 07:02:47 GMT 2026

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ । आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्कको सरकार र जेन्जी शहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताए । मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए । मन्त्री गुरुङले पार्क निर्माणले मात्र शहिद जेन्जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरु गर्न बाँकि रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)