ज्यानको आहुती दिने जेनजीका सपना पूरा गर्दैछौं -गृहमन्त्री गुरुङ
barnanmedia.com · Sun Sep 06 07:08:18 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका सपना पूरा गर्ने बाटोमा सरकार लागिपरेको बताएका छन्।
जेनजी स्मृति पार्कको शिलान्यासका क्रममा बोल्दै मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताएका हुन् । उनले पार्क निर्माणले मात्र शहिद जेन्जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)