दमकमा लागुऔषधसहित महिला पक्राउ
annapurnapost.com · Sun Jun 14 08:06:50 GMT 2026

झापा : झापाको दमकमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–४ निवासी ४२ वर्षीया रिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आइतबार बिहान करिब १० बजे तामाङको घरमा खानतलासी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)