लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
ratopati.com · Thu Apr 25 17:32:00 UTC 2024

सुदूरपश्चिम । नेपालमा बस्दा विगतमा लागुऔषध र ठगीको मुद्दा लागेर फरार भएका दुई भारतीय नागरिकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका बिक्की गुप्ता र अङ्कित गुप्तालाई केही दिनअघि भारतीय प्रहरीले उत्तर प्रदेशको पलिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
यी दुवै जनालाई तीन सय ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताइएको छ । विगतमा बिक्कीलाई लागुऔषध र अङ्कितलाई ठगी विरुद्धको मुद्दा दर्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)