मध्यरात ओलीलाई नेपालको ६ बुँदे पत्र– ...त्यसो भएन भने प्रतिनिधि सभाको सदस्य त्याग्छौँ
baahrakhari.com · Sun May 09 19:15:00 GMT 2021
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यरात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे आग्रहसहितको पत्र पठाएका छन् । आइतबार दिउँसो वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहका सांसदहरूको झण्डै चार घण्टा लामो बैठक बसेको थियो । पार्टी अध्यक्ष ओली सहमतिमा नआएको भन्दै प्रतिनिधिसभा सदस्यबाट सामूहिक राजीनामा दिने प्रयोजनका लागि बसेको भए पनि थप १३ घण्टा बाटो हेर्ने अल्टिमेटम लम्ब्याएको थियो ।
नेता नेपालले त्यही बैठकको मर्म र भावना अनुसार अध्यक्ष ओलीलाई सम्बोधन गरेर पत्र पठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)