कारबाहीको राडारमा योगेश, प्रस्तावित कार्यविभाजनमा दिइएन महत्त्वपूर्ण जिम्मेवारी
shilapatra.com · Thu May 21 12:56:00 GMT 2026

नेकपा (एमाले) को प्रस्तावित कार्यविभाजनमा उपमहासचिव योगेश भट्टराई छुटेका छन् । एमाले स्रोतबाट शिलापत्र ले प्राप्त गरेको अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित कार्यविभाजनमा उनका कार्यशैलीको बारेमा निरन्तर प्रश्न गरिरहने भट्टराई छुटेका हुन् ।
पार्टी संगठनको मर्यादाविपरीत जाने जोकोहीलाई कारबाही गर्ने ओलीले बताइसकेका छन् । शुक्रबार सचिवालयको बैठक बस्दै छ । विभिन्न विभाग र कमिटीमा जिम्मेवारी तोक्न प्रस्ताव ल्याएका ओलीले भट्टराईबारे कतै उल्लेख गरेका छैनन् । बरु एमालेमा ३ उपमहासचिव छन् । माओवादी पृष्ठभूमिका लेखराज भट्टलाई पहिलो वरीयतामा राख्दा रघुवीर महासेठलाई दोस्रो र भट्टराईलाई अन्तिम अर्थात्, तेस्रो वरीयतामा राखिएको छ । उनीपछिका सचिवहरूलाई पनि विभिन्न जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)