सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन भुवन शीर्षस्थानमा
baahrakhari.com · Thu May 21 13:11:23 GMT 2026
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११–अन्डर १९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन् ।
बिहीबार ३–अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारे । इभन–पार ६८ को स्कोरमा समग्रमा ८–अन्डर १९६ सहित शुक्र दोस्रो स्थानमा तल झरे । बुधबार उनी भुवनसँगै संयुक्त रूपमा शीर्षस्थानमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)