हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही
gorkhapatraonline.com · Sun Sep 06 07:50:21 GMT 2026

हिजबुल्लाहले आफ्ना सैनिकलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ‘अरब सलिम’ सहरका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
“हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकतर्फ दुई वटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ । अर्को एक सन्देशमा, इजरायली सेनाले आसन्न आक्रमणअघि नै अरब सलिमका बासिन्दालाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)