आकाशे पानीको भरमा मधेसको धान खेती
gorkhapatraonline.com · Sun Sep 06 07:56:06 GMT 2026

देशकै प्रमुख धान उत्पादन क्षेत्रका रूपमा चिनिने मधेस प्रदेशका आधाभन्दा बढी खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा रहेको छ । पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा अनियमित वर्षाको प्रत्यक्ष असर धान उत्पादनमा पर्ने गरेको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रकाशित गरेको ‘कृषि दर्पण’ अनुसार प्रदेशमा खेती गरिएको कुल क्षेत्रफलको ४९ दशमलव ४४ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बाँकी क्षेत्र वर्षामा निर्भर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)