टेलिभिजन प्रस्तोता खलिफासहित ११ जनालाई मृत्युदण्डको फैसला
annapurnapost.com · Sun Sep 06 07:51:31 GMT 2026

काठमाडौं : इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ।
सरकारी समाचार संस्था अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री-वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो। विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ तथा अवैध हातहतियार र गोलाबारुद बरामद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)