कांग्रेस सभापति थापा र कोइरालाबिच भेटवार्ता, पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड
annapurnapost.com · Sun Sep 06 07:55:02 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच आज भेटवार्ता भएको छ। पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज दिउँसो १२:३० बजे उनीहरुबीच भेट भएको हो।
भेटघाटका क्रममा उनीहरुबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको बताए। उनले कांग्रेसको एकताका लागि आफ्नोतर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)