घोराही उपमहानगरको बजेट २ अर्ब २० करोड २८ लाख
ratopati.com
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौँ नगरसभामा आज नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि विकासतर्फ एक अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालुतर्फ एक अर्ब १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
घोराही उपमहानगरपालिकाले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबर्द्धन, महिला बालबालिका तथा जेष्ठ नागरिक गरि सामाजिक विकास अन्तरगत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्यतर्फ जनस्वास्थ्य प्रबर्द्धनका लागि ११ करोड ४१ लाख, कोरोना संक्रमितको उपचार, व्यवस्थापन र मृत्यु भएका परिवारलाई आर्थिक सहयोगका लागि एक करोड ८० लाख विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख न्यौपानेले कोरोना मनोसामाजिक परामर्शका लागि १५ लाख, खोप व्यवस्थापनका लागि ३० लाख र अक्सिजन प्लान्ट सञ्चालन अनुदानमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)