काठमाडौँमा दुई जनाको शव फेला
gorkhapatraonline.com · Thu Nov 21 17:30:41 GMT 2024

काठमाडौँ, मङ्सिर ६ गते । काठमाडौँमा आज दुई जना मृतावस्थामा फेलापरेका छन् । काठमाडौँ महानगरपालिका –१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका –६ घर भएका २८ वर्षीय भोला पाठक तथा सोही ठाउँको मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत फेला परेका पुरुषको हाल नाम, थर, वतन खुलेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)