एल्गोरिदम र भाइरल हुने होडबाजीले गम्भीरता हरायोः महानायक
makalukhabar.com · Thu May 21 13:56:30 GMT 2026

काठमाडौं । महानायक राजेश हमाल ले नेपाली चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालद्वारा आयोजित ‘चलचित्र पत्रकारिता दिवस’ विशेष समारोहलाई सम्बोधन गर्दै उनले दुवै क्षेत्रबीचको सम्बन्ध गहिरो र अपरिहार्य रहेको उल्लेख गरे ।
समारोहमा बोल्दै अभिनेता हमालले चलचित्र पत्रकारिताको सुरुवाती दिनहरूको स्मरण गरे । आफ्नो पहिलो अन्तर्वार्ताको प्रसङ्ग सुनाउँदै उनले भने, “मैले पहिलो चलचित्र गर्दा एक स्थापित पत्रकारले मलाई ‘काम चाहिँ के गर्नुहुन्छ ?’ भनेर सोध्नुभएको थियो । त्यस समयमा चलचित्र क्षेत्रलाई पेसाका रूपमा नभई केवल सौख पूरा गर्ने माध्यमका रूपमा मात्र हेरिन्थ्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)