डीआरएस, लियो र हुम्मिङ बर्ड च्याम्पियन
onlinekhabar.com · Mon Oct 28 17:18:04 UTC 2024
कात्तिक १२ गते । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको उपाधि लियो ईस्पोर्ट्स, डीआरएस गेमिङ र हुम्मिङ बर्डले जितेका छन् । चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा पब्जी मोबाईलतर्फ लियो ईस्पोर्ट्स, एमएलबीबीतर्फ हुम्मिङ बर्ड र अनर अफ किंग्सतर्फ डीआरएस गेमिङ च्याम्पियन बनेका छन् ।
अनलाईनमार्फत भएको पब्जी मोबाईलमा लियो पहिलो बन्दा टीटूके ईस्पोर्ट्स दोस्रो, किलर अफ माउन्टेन्स तेस्रो र फ्याबुलस फोर चौथो बने । विजेताले क्रमश ६५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)