दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी बन्ने
gorkhapatraonline.com · Sun Jun 14 09:36:51 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्टी निर्माण प्रक्रिया सुरु भएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित 'राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम' मा बोल्दै नेता राणाले नयाँ पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने स्पष्ट पार्नुभयो । प्रसाईंले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी रूपमा नागरिकको विश्वास जितेकाले उहाँकै नेतृत्वमा पार्टी अघि बढ्ने उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)