मुख्यमन्त्रीको सचिवालयबाटै भ्रम फैलाउने भिडियो पोस्ट, अनाहकमा दुई युवा थुनामा !
ratopati.com · Sun Sep 06 08:49:04 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका कम्प्युटर अपरेटर उमेश गजुरेलले गत बुधबार विराटनगरको महेन्द्र चोकमा दिउँसो युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै एउटा भिडियो पोस्ट गरे । उनले अहिले भने त्यो भिडियो हटाएका छन् । तर, सामाजिक सञ्जालमा भाइरलजस्तै बनेको छ ।
गजुरेल आफैँ पनि मोटरसाइकल चलाइरहेका थिए । उनले आफ्नो मोटरसाइकलमै जडान गरेको क्यामेराबाट यो दृश्य कैद गरेका हुन् । गजुरेलले दुई युवा सवार मोटरसाइकललाई केही समयदेखि पछ्याइरहेजस्तो देखिन्छ । उक्त मोटरसाइकलमा विराटनगर महानगरपालिका–४ का महेश मण्डल र अर्का विराटनगरमै बसोबास गर्ने बाराका अखिलेशकुमार प्रसाद थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)