भोटेकोशी बाढीपीडितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार सेवा दिने
swasthyakhabar.com · Sun Sep 06 09:03:35 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
अस्पतालले भदौ २१ गते प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण सिर्जित मानवीय तथा भौतिक क्षति र प्रत्यक्ष प्रभावित परिवारको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू १ वर्षसम्म निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)