तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
onlinekhabar.com · Sun Sep 06 09:22:36 GMT 2026

२१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो ।
आज बिहान नामरुङस्थित थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)