दराज नेपालद्वारा राहत सहयोगको पहल
news24nepal.tv · Sun Sep 06 09:26:39 GMT 2026

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत तथा सहयोग उपलब्ध गराउँदै दराज नेपालले राष्ट्रिय विपद् प्रतिकार्यमा आफ्नो साथ र प्रतिबद्धता दोहो¥याएको छ । यस राहत पहलअन्तर्गत दराज नेपालले करिब ६०० बाढी प्रभावित परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ ।
साथै, थप आवश्यक सहयोगको योजना तथा तयारीपनि गरिरहेको छ । प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गर्न दराज नेपालले नेपाल सरकारसँग समन्वय गर्दै ती सामग्रीको खरिद तथा व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)