ओलीको सन्देशले रोक्यो राजीनामा
ratopati.com
सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो। आइतबार राति नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर लोकतन्त्र र पार्टी हितका लागि सांसदबाट राजीनामा दिन तयार रहेको जनाउ दिएका थिए। सोमबार बिहान सांसदबीचको छलफलपछि भने राजीनामाबाट पछि हटेर संसद्मा अनुपस्थित हुने निर्णयमा पुगेको हो।
नेपाल पक्षका सांसदको छलफल चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिन र अन्य विकल्प रोज्न आग्रह गर्दै पार्टीको विवाद संवाद गरेर मिलाउने सन्देश पठाएका थिए। बैठकमा ओलीको सन्देशबारे पनि छलफल भएको थियो। त्यसपछि नेपाल पक्षका सांसदले राजीनामा नदिई संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए। छलफल सकिएलगत्तै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेता घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईसँग छलफल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)