विपद्मा राजनीतिक पार्टीको भूमिका : राहत र उद्धारमा कसरी गर्दैछन् काम ?
ratopati.com · Sun Sep 06 09:44:09 GMT 2026

काठमाडौँ। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढी (विपद्)पछि सिङ्गो देश शोकमा डुबेको छ । अनपेक्षित र कहालीलाग्दो विपदबाट उठ्न सरकार र सरकारी संयन्त्रका साथै मुलुकका प्रमुख राजनीतिक दल, विभिन्न संघ संगठन र सहयोगी मनहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका क्षेत्रका प्रभावित बासिन्दाको घाउँमा मलम लगाउने प्रयत्नमा सक्रिय छन् ।
खोज, उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिएका कतिपय राजनीतिक पार्टीहरूले जिम्मेवारी नै तोकेर नेता–कार्यकर्तासहितको जनशक्ति फिल्डमा काम गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)