विवादले रोकियो सडक निर्माण, दुई करोड बजेट फ्रिज
gorkhapatraonline.com · Fri Jun 05 06:34:42 GMT 2026

सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्दा बस्तीमा सडक नपुग्दा स्थानीयवासी र विद्यार्थीले अझै पनि भिरपाखा हुँदै आवतजावत गर्नुपरेको छ।
कान्देश्वरी आधारभूत विद्यालयसम्म पुग्ने आठ किलोमिटर सडक निर्माणका लागि पछिल्ला पाँच वर्षमा दुई करोड रुपियाँभन्दा बढी बजेट विनियोजन भए पनि हालसम्म करिब दुई किलोमिटर मात्र ट्र्याक खोलिएको छ। त्यो पनि चारपाङ्ग्रे सवारी कहिलेकाहीँ मात्र पुग्ने अवस्था रहेको स्थानीय बताउँछन्। बाँकी छ किलोमिटर क्षेत्रमा झाडी र भिरपाखा समातेर यात्रा गर्नुपर्ने बाध्यता छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)