सात वर्षछि उत्तर कोरियाको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति
nepalviews.com · Fri Jun 05 06:36:10 GMT 2026

एजेन्सी । राष्ट्रपति शी जिनपिङ जुन ८ देखि दुईदिने भ्रमणका लागि उत्तर कोरिया जाने भएका छन् । बेइजिङले आफ्नो एक मात्र औपचारिक सन्धि-सहयोगी प्योङयाङसँग सम्बन्ध पुनः मजबुत बनाउन खोजिरहेका बेला, यो करिब सात वर्षयताको उनको पहिलो भ्रमण हुनेछ ।
कोभिड–१९ महामारीका कारण दुई देशबीचका आदान–प्रदान रोकिएपछि चीनले प्योङयाङलाई पुनः आफ्नो प्रभाव क्षेत्रमा ल्याउने प्रयास गरिरहेको छ । यसबीच उत्तर कोरियाली नेता किम जोङ उनले रुसको युक्रेनमाथिको आक्रमणलाई समर्थन गर्न सेना र हतियार पठाएर मस्कोसँग सम्बन्ध अझ गहिरो बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)