नेपालले भारतको सीमा कहिँ पनि मिचेको छैन ः उपेन्द्र यादव
annapurnapost.com · Sun Jun 14 10:30:53 GMT 2026

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको कहिँ पनि सीमा नमिचेको बताएका छन् । वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन ।’ आफू दुई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नेपालले भारतको सीमा मिचेको विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी वा प्रमाण आफूले नपाएको बताए ।
उनले भारतले पनि हालसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे । अध्यक्ष यादवले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाण आवश्यक हुने भन्दै तथ्य र ऐतिहासिक दस्तावेजका आधारमा आफ्ना कुराहरू पुष्टि गर्न प्रधानमन्त्री शाहलाई चुनौती समेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)