हामी हरेक ढंगले सरकारको साथमा छौं : सभापति थापा
annapurnapost.com · Sun Sep 06 09:43:09 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरु हरेक ढंगले सरकारको साथमा रहेको बताएका छन्। आईतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सक्ने मात्र नभई अतिरिक्त बल लगाएर नसक्ने कामहरु पनि गर्ने बताएका हुन्।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर आएका थापाले बैठकमा प्रभावित क्षेत्रको कहालीलाग्दो अवस्था सुनाएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीले २०७२ सालको भूकम्पलेभन्दा बढी भौतिक र मानवीय क्षति गरेको थापाले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)