भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
gorkhapatraonline.com · Sun Sep 06 09:50:16 GMT 2026

काठमाडौँ, भदौ २१ गते । नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ-चट्टानको हिमपहिरो (आइस-रक एभालान्च) का कारण भएको प्रारम्भिक जानकारी दिएका थिए । यसमा थप अनुसन्धान जारी छ । भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)