बेत्रावतीमा १९३ जना बेपत्ता, भत्किएका घरमा खोजीको प्रतीक्षामा
onlinekhabar.com · Sun Sep 06 09:46:19 GMT 2026

२१ भदौ, नुवाकोट (बेत्रावती) । रसुवाको भोटेकोशीमा बाढी आएको १२ दिन बित्यो । तर बेत्रावतीमा बेपत्ता भएका नागरिक भेटिएका छैनन् । बेत्रावती लाखे समितिका अध्यक्ष शशि डंगोल कुन टोलबाट कति मानिस बेपत्ता छन् भनेर तथ्यांक संकलन गरिरहेका छन् ।
उनका अनुसार बेत्रावतीका ६ वटा टोलबाट १९३ जना बेपत्ता छन् । ‘आज १२ दिन बित्यो । बेपत्ता हाम्रा आफन्तहरू आउलान् कि भन्ने आशैआशमा कहालीलाग्दो समय बित्दैछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)