काबो भर्डेमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Sep 06 09:54:15 GMT 2026

अफ्रिकी देश काबो भर्डेको फोगो द्वीपमा शनिबार राति भएको बस दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
दुर्घटनामा केही अन्य व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीका अनुसार यात्रु बोकेको बस सडकबाट अनियन्त्रित भई करिब ३० मिटर गहिरो भिरमा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)