बारामा १३९ किलो गाँजा बरामद
annapurnapost.com · Sun Sep 06 09:55:24 GMT 2026

काठमाडौं : बारामा प्रहरीले १३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ २० गते राति करिब साढे १० बजेतिर पचरौता नगरपालिका–७ स्थित बैनीली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतमा गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार धान खेतको आलीबाट ९ जना मानिसहरू झोलाजस्तो वस्तु बोकेर आउँदै गरेको अवस्थामा गस्ती टोलीले रोक्न खोज्दा उनीहरूले बोकेका पोका खेतमै फालेर फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)